फिल्मी फण्डा । रोहित अधिकारीले निर्माण गरेको फिल्म ‘फकी फर्की’को निर्माणताका देखि नै चर्चा शुरु भएको थियो । फिल्मको प्रचार सामाग्रीहरु सार्वजनिकसँगै रिलिज डेट नजिकिदै गर्दा फिल्मको थप चर्चा हुन थालेको छ ।
फिल्मको ट्रेलर रिलिजसँगै नेपाली फिल्महरुको बिचमा फरक शैली लिएर आएको भन्दै फिल्मको थप चर्चा भएको हो । यसो त मेघा स्टार भनिएका अनमोल केसीले पनि ‘फकी फर्की’का लागि धेरै वटा फिल्मको स्कृप्ट छाडेको बथाईरहेका छन् । अनमोल र जसिता गुरुङको जोडी बाँधिएको फिल्म ‘फकी फर्की’ जेठ १० गतेदेखि रिलिज हुदैँछ ।
निर्देशक सुयोग गुरुङले निर्देशन गरेको फिल्म ‘फर्की फर्की’को अहिले युवामाझ बढि चर्चा हुन थालेको छ । देशभरिका अधिकांश हलहरुमा ‘फकी फर्की’को सोधपुछ शुरु भएको हलवालाहरुको भनाई छ ।
पछिल्लो समय फिल्म ‘छड्के २.०’ पूर्ण रुपमा असफल भएपछि अनमोलले त्यसको जिम्मा लिदैँ दर्शकका लागि माफी माग्दै र आगामी दिनमा उत्कृष्ट फिल्म दिने भन्दै सूचना जारी गरेका थिए । त्यसै बेलादेखि उनीप्रति नेपाली दर्शक अझ भनौं यूवा पिढीँ अनमोलप्रति थप आकर्षित भएका थिए । फिल्मको ट्रेलरको सयौं यस्ता कमेन्टहरु छन्, जसले फिल्मले नयाँ आयाम पस्केको भनिरहेका छन् ।
नेपाली फिल्महरुको बीचमा ‘फकी फर्की’ फरक तरिकाले प्रस्तुत भएको ट्रेलरको प्रतिक्रियाबाट बुझ्न सकिन्छ । त्यसैले यसलाई नेपाली फिल्महरुको अपडेटेड भर्सन पनि भन थालिएको छ । अनमोललाई कुरीरहेका दर्शकहरु पनि धेरै छन् । एक बर्षपछि पर्दामा उनलाई फरक शैलीमा हेर्न उनका फ्यानहरुको त व्यग्र प्रतिक्षा रह्यो नै । आम दर्शकले पनि ‘फर्की फर्की’ त हेर्नुपर्छ, नेपाली फिल्मको यो शैली र प्रस्तुतीकरण प्रशंसायोग्य पनि छन् भनिरहेका छन् ।
प्रचारकै क्रममा अनमोल केसलिाई फरक रुपमा प्रस्तुत भएको देख्न सकिन्छ । यतिखेर उनी पूर्ण रुपमा प्रचारमा व्यस्त छन् । उनको प्रचार शैली पहिलेको भन्दा फरक छ । उनी यति गम्भिर र जिम्मेवार यस अघिका कुनै पनि फिल्मको प्रचारमा देखिएका छैनन् । यस पटक उनी वुद्धिमानीका साथ प्रचारमा खटिएका छन् । जति रिलिज मिति नजिक छ उती अनमोल प्रचारमा व्यस्त छन् ।
अनमोलले आफ्नो जीवनसँग फिल्म ‘फकी फर्की’लाई तुलना गरेका छन् । दर्शकका लागि ‘फर्की फर्की’ ले नयाँ स्वाद पक्कै दिनेछ, मेरो लागि पनि यो महत्वपूर्ण छ । ‘टाइम लुप थ्योरी’ नेपालमा नयाँ स्वाद हो । रिस्क छ, रिस्कका बीचमा ‘फकी फर्की’ छाने । आम दर्शकले हेरिरहेको फिल्म भन्दा यो नितान्त फरक छ । त्यसैले आशावादी पनि छौं, अनमोलले फिल्मीफण्डासँगको प्रश्नमा भने ।
प्रचार सामाग्रीले पाएको साथले अनमोल आशावादी त छन् नै, उनी फिल्मले नेपालमा नयाँ अध्यायको शुरुवात गर्ने कुरमा समेत विश्वस्त छन् । ‘फकी फर्की’ वास्तविकता भन्दा फरक फिल्म हो । यो परिकल्पनात्मक समिक्षात्मक फिल्म हो । फिक्सनल स्टोरीलाई लिएर फिल्म बनाउन राजी हुने निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङलाई समेत उनले धन्यवाद दिएका छन् ।
युवा वर्गलाई लक्षित गरेको ‘फकी फर्की’ आम यूवा वर्गका आमा बुबाले हेर्नुपर्ने अनमोलको दावी छ । यूवा वर्गमा विभिन्न प्रकारका विचार र योजना कुण्ठित छन् । जुन आफ्नो अभिभावकलाई भन सकिरहेको हुदैँन । ती र त्यस्ता पात्रहरुलाई ‘फकी फर्की’ले झक्झक्याउँने अनमोलले बताए ।
फरक जनरा र नयाँ शैली लिएर आएपनि फिल्मले आम दर्शकको मन छुनेछ । सधैँ एएटै परिकारको खाना खाईरहेकालाई पनि त कहिले काँही नयाँ चाखौं न भने त हुन्छ नी । नयाँ चाख्दा त्यो पनि मिठो रहेछ भने त उनले पछि पछि पनि त्यो खाना खाईनै रहन्छ । त्यसै गरि नयाँ जनरा भएपनि ‘फकी फर्की’ सबैले मन पराउने छ, अनमोलले भने ।