फिल्मी फण्डा । विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा,लि, नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो ।
अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मानबाट सञ्चारकर्मी पत्रकार हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, सुमन सापकोटा, शिबराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गरेका थिए ।
यस्तै, हिमालयन सामाजिक व्यक्तित्व सम्मान–२०७९ बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्कीलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गरेका छन्।
त्यस्तै, हिमालयन बाल सामाजिक अभियन्ता सम्मानबाट प्रिन्सप्रसिद्ध सिंह थापालाई सम्मान गरिएको थियो भने हिमालयन साहित्य साधना सम्मानबाट हरि सिंह थापा, सविता श्रेष्ठ ‘वेहोसी’, शितल कादम्विनी र हेमन्त निरौलालाई सम्मान गरिएको थियो ।
यसैगरी हिमालयन चलचित्र सम्मानबाट रवी कार्की, सरोज शर्मा, वविता श्रेष्ठ र लिलाधर भट्टराईलाई सम्मान गरिएको थियो । त्यस्तै मोडल सनम कठायतलाई हिमालयन दशक अभिनय सम्मान अर्पण गरिएको थियो ।
यस्तै, हिमालयन गीत सङ्गीत साधना सम्मानबाट कृष्ण गैरे, ज्ञानेन्द्र शाही, तारावीर पाण्डे र अजयकुमार विष्टलाई सम्मान गरिएको थियो । त्यस्तै हिमालयन कला साधना एवम् समाजसेवी सम्मानबाट ज्ञानेन्द्रबहादुर खडका, कृष्ण केसी, राजेन्द्र खत्री र अर्जुन गिरीलाई सम्मान गरिएको थियो । त्यसैगरी हिमालयन कला साधना सम्मानबाट अच्युत बजगाईं र लोकेश भाटलाई सम्मान गरिएको थियो ।