फिल्मी फण्डा । सामाजिक कथावस्तुमा बनेको फिल्म ‘बोक्सीको घर’ले विस्फोटक व्यापार गरिरहेको छ । वितरण कम्पनी टि–फोकका अनुसार फिल्मले पहिलो सप्ताहन्त दुई करोड ग्रसभन्दा धेरै कमाइ गरेको छ ।
यसै सन्र्दभमा दीपकराज गिरीदेखि शोभित बस्नेतसम्मले ‘बोक्सीको घर’बारे टिप्पणी गरेका छन् । दीपकराज गिरीले ‘बोक्सीको घर’को ओपनिङ सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै धारणा राखेका छन् । स्टारमा होइन, स्क्रिप्टमा लगानी गर्न आग्रह गरेका छन् ।
उनी लेख्छन्, ‘पोष्टरमा एक नायिका मात्रै छ तर फिल्मको ओपनिङ मल्टिस्टारर फिल्म भन्दा बलियो छ । त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानी गरौं । बधाई केकी र बोक्सिको घर टिम ।’
शोभित लेख्छन्, ‘न ब्रान्ड न सिक्वेल । न ३०(४० लाखवाला टाउको । न सिक्वेल मात्र हिट । फ्लप फिल्म बनाउने डाइरेक्टर तर नि फिल्मले हान्यो यो हो नि क्रेज केकी अधिकारीको । यहाँ त कुरा मात्र ठूलो गर्ने आखिर नम्बर १ त केकी पो रहेछ त ।’
सुलक्षण भारती निर्देशित फिल्मको शो शनिबार देशभर हाउसफुल थियो ।