सिरीज 'ब्रह्माण्ड'को पोखारामा छायाँकन शुरु (फोटो फिचर)

फिल्मी फण्डा । सिरीज 'ब्रह्माण्ड'को पोखारामा छायाँकन शुरु भएको छ । मंगलवार मूर्हत सट खिच्दै सिरीजका निर्माण टिमले छायाँकन शुरु भएको जानकारी दिएको हो । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोज पोखरालेले बनाउन लागेको नेपाली सिरीज 'ब्रह्माण्ड'को पोखरा स्थित गुप्तेश्वर महादेवमा छायाँकन भइरहेको छ ।

सिरीजका लेखक तथा निर्देशक रियाज नाटक्कार हुन् । सिरीजमा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको छ । सागर राज आचार्य कार्यकारि निर्माता रहेको सिरीजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरीता गिरी, माओत्से गुरुङ्ग, सुरज विष्ट, सुप्रज्ञा शर्मा, सञ्जय ढुंगानालगायतको अभिनय रहेको छ ।

सिरीज 'ब्रह्माण्ड'लाई अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिरहेको निर्देशक रियाजले बताए । सिरीजको पहीलो सिजनमा ८ एपीसोडको हुनेछ र यसको पुरा लेन्थ ८ घण्टाको हुनेछ । यसलाई ओटीटी प्लाटफर्ममा रिलीज गरिनेछ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech