चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी

फिल्मी फण्डा। चलचित्र विकास बोर्डले पहिलो पटक प्रवक्तको व्यवस्था गरेका छन् । चलचित्र विकास बोर्डले प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकीलाई नियुक्त गर्दै प्रवक्तको व्यवस्था गरेका हुन् । सोमबार बसेको बोर्ड बैठकले सदस्य समेत रहेका उनलाई प्रवक्तामा नियुक्त गरेको हो ।

बोर्डले विभिन्न बैठकहरु र कार्यक्रमहरुबाट गर्दै आएका गतिविधिहरुलाई प्रचार प्रसार वा जानकारीका लागि सार्वजनिक गर्न प्रवक्ताको व्यवस्था गरेको हो । बोर्डको बिषयमा वा विभिन्न कयोजना तथा कार्यक्रमहरुको वारेमा बुझ्न सहज हुने गरि प्रवक्ताको व्यवस्था गरिएको हो, बोर्डको निर्णयमा भनिएको छ ।

२५ वर्षदेखि कला, साहित्य र सञ्चार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् ।

काठमाडौं बाहिर रहेर फिल्म निर्माण कार्यशाला, महोत्सव लगायत गतिविधि नियमित सञ्चालन गर्दै आएका बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुन् । बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, एब गीति एल्बम प्रकाशित छन् ।

अभिव्यक्ति स्वतन्त्रता एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुढाथोकीले सैनिक हिरासत र निर्वासन भोगेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech