फिल्मी फण्डा । सविर श्रेष्ठको निर्देशन रहने फिल्म ‘रुखान’मा अभिनेताको रुपमा आर्यन अधिकारी फाइनल भएका छन् । निर्माण युनिटले फल्मको मुख्य भुमिकाको लागि आर्यन फाइनल गरेको हो ।
फिल्मका लागि यसअघि अभिनेत्री नीति शाह फाइनल भएकी थिइन् । फिल्ममा नीति र आर्यनको रोमान्स रहने छ । नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरेर ४ भाषामा निर्माण हुने फिल्ममा कृष्ण थापा(अस्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।
सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रालि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।