फिल्म 'बहाव'को थाइल्यान्ड टुर प्याकेज घोषणा

फिल्मी फण्डा। फिल्म बहाव टिमले थाईल्याण्ड टुर प्याकेज घोषणा गरेको छ । फिल्म बहाव हेर्ने दर्शकहरुका लागि केही शर्तहरुसहित थाईल्याण्ड टुर प्याकेज घोषणा गरेको हो । कलाकार सुरक्षा पन्त अभिनित फिल्म बहावको प्रदर्शन मिती नजिकिदै गर्दा फिल्मका निर्माण टोली प्रचार प्रसारमा व्यस्त छन् । फिल्मको प्रचार शैली फिल्मै पिच्छे फरक हुन्छ । कुनै फिल्मले नयाँ स्किमहरु पनि घोषणा गर्ने गएका छन् । त्यही क्रममा बहाव टिमले थाईल्याण्ड टुर प्याकेज घोषणा गरेको हो । 

केही दिन अगाडी फिल्म बहावले को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिकगरेको थियो  । पुरस्कार जित्न योग्य हुनका निम्ति बहाब फिल्मको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ता को एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ  । नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने व्यवस्था छ ।

खल्ती एपबाट फिल्मको टिकट काटेर फिल्म हेर्ने एक जना भाग्यशाली ब्यक्तीले एम डि होलिडेज को तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका प्रदान हुनेछ । साथै खल्ती एपबाट टिकेट काट्दा प्रमोकोड ः बहाव प्रयोग गरेर १० प्रतिशत सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने छ  । 

दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात , पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रमोशनको लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिंग हेड सुदिप दवाडीको दाबी छ  ।

बिजेता छनोट भने फिल्म प्रदर्शन सकिएको २ हप्ता पछि खल्ती को अफिसियल पेज मार्फत लक्की ड्र गरिनेछ ्र सो प्याकेज प्राप्त गर्नको लागी निम्नअनुसार नियम र सर्तहरु पालना गर्नुपर्ने छ ।

नियम र शर्तहरूः
विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
टूर प्याकेज घोषणा को मिति देखि ३ महिना भित्र सम्म मात्र मान्य हुनेछ ।
यो प्याकेज अरुलाई दिन योग्य हुने छैन ।

विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ ।
थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयमको हुनेछ ।
भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र बिजेता स्वयम् ले बेहोर्नु पर्ने छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech