देशभर ‘महाजात्रा’को टिकट बुकिङ खुल्ला, कस्तो गर्ला व्यापार ? 

फिल्मी फण्डा । चैत्रको ९ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को टिकट बुकिङ खुल्ला भएको छ । टिकट बुकिङ खुल्ला भएसँगै फिल्मलाई देशभरका हलले उच्च शोज दिएका छन् । 

यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।

 यो फिल्मलाई देशभरका मल्टिप्लेक्सले २३४ शोज उपलब्ध गराएका छन् । साथै, सिंगल हलहरुको समेत शोज हेर्दा फिल्मले साढे २ सय भन्दा माथिको शोज पाएको देखिन्छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech