विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै न्यान्सी खड्का

फिल्मी फण्डा । मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का अभिनेता विराज भट्टको आगामी एक्सनथ्रीलर ‘१२ गाउँ’को लिड(फिमेलमा अनुबन्धित भएकी छन् ।

निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबीच लिखित सम्झौता भएको छ । यो फिल्मबाट विराजका छोरा समीरले पनि अभिनयमा डेब्यु गर्दैछन् । यो फिल्मको निर्माण एवं निर्देशन विराज आफैले गर्दैछन् ।

छायांकन चैत १५ गतेदेखि नेपाल र भारतमा हुनेछ । अर्को एक लिड एक्टर तय हुन बाँकी रहेको जनाइएको छ ।

२०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । ‘साङ्लो’बाट पूर्वमिस नेपाल निकिता चाण्डकले डेब्यु गरेकी थिइन् ।

न्यान्सीको कुरा गर्दा, मिस नेपाल इन्टरनेसनलको २०२२ को संस्करणमा उनले जापानमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाइन् । 

न्यान्सीको ब्याचकी मिस नेपाल प्रियंकारानी जोशी अहिले विश्व सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी छिन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech