'जय हो' को विदेश राईट्स बिक्री भएको शोभितको दावी

फिल्मी फण्डा । शोभित बस्नेतकको प्रस्तुतिमा निर्माण हुने सिनेमा जय होको छायांकन अगावै विदेश राइट्स बिक्रि भएको निर्माण पक्षले दावी गरेको छ । नमस्ते इन्टरटेनमेन्टले सिनेमाको विदेश राइट्स किनेको निर्माण पक्षले दावी गरेको हो । नेपाल बाहिर रिलिज गर्न चाहनेले नमस्ते इन्टरटेनमेन्टसँग विभिन्न देशमा रिलिज गर्न चाहनेले सम्पर्क गर्नु पर्नेछ । 

देव कार्की सञ्चालक रहेको यो कम्पनिले यसअघि हाल प्रदर्शनरत सिनेमा छक्का पञ्जा ४ र दुई नम्बरी, कबड्डी कबड्डी कबड्डी, आमाका साथै आगामी चैत्र २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा प्रसाद २ समेत अष्ट्रेलिया राइट्स खरिद गरेको दावी गरेको छ ।

टेक पौरखी राईको निर्देशन निर्माण हुने फिल्म जय होमा अर्पण थापा, सलोन बस्नेत, केकि अधिकरी, निशा अधिकरी, माओत्से गुरुङ  प्रेम पाण्डे , दिपा शक्या श्रेष्ठ, सुबि मगर,  सुमिन गुरुङ अथिती कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ ।

सिनेमाको द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, रहेका छ्न । फिल्ममा भिएफएक्स समीर मियाँको रहनेछ । यतिबेला पोखराको विभिन्न स्थानमा छायांकन भइरहेको छ फिल्म पोखरासहित मुस्ताङमा छायाँकन गरिनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech