अष्ट्रेलियामा बल्छी धुर्बे र पुकुले गरे ‘हल्का रमाइलो’को छायांकन

फिल्मी फण्डा । टेलिभिजन श्रृंखला ‘हल्का रमाइलो’का दर्शकले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथावस्तुमा नयाँ एपिसोड हेर्न पाउने भएका छन् । निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अष्ट्रेलिया पुगेर सिरियलका दुई एपिसोड छायांकन गरेका छन् ।

यी दुई एपिसोड बल्छी धुर्बे र अर्की कलाकार पुजन घिमिरे ‘पुकु’ देखिनेछन् । उनीहरुले क्यारेक्टर पोशाकमै त्यहाँ सिरियल खिचेका छन् । सिड्नीको प्रसिद्ध पर्यटकीय थलो लोटस टेम्पलअघि पनि उनीहरुले पात्र पहिरनमै श्रृंखला खिचे । तीन साता लामो अष्ट्रेलिया बसाइपछि बल्छी धुर्बे र पुकु सोमबार काठमाडौं आउँदैछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech