पोखराका बिद्यार्थीबिच "म बनाउछु मेरो देश" वक्ततृत्वकला सम्पन्न

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित जनप्रिय माध्यमिक बिद्यालयका बिद्यार्थीबिच "म बनाउछु मेरो देश" वक्ततृत्वकला सम्पन्न भएको छ ।  

जनप्रिय बिद्यालयको कक्षा ७, ८ र ९ मा अध्यनरत बिद्यार्थीबिच "म बनाउछु मेरो देश" वक्ततृत्वकला सम्पन्न भएको हो । नेपाल दशनामी समाज युवा समिती कास्कीको आयोजनामा सो वक्ततृत्वकलाको आयोजना गरिएको हो ।  

IMG_3102.jpeg

वक्ततृत्वकलामा २५ जना सहभागी बिद्यार्थीहरु मध्य प्रथम, द्वितिय, तृतिय र सान्तवना २ जनालाई पुरस्कृत गरिएको छ । वक्ततृत्वकलामा कन्चन बि.क प्रथम, दिवस थापा द्वितिय र आयुस्मा वाग्ले तृतिय हुन सफल भए ।  कृतज्ञा सोनी र   प्रंशसा नेपाल सन्त्वनामा परिन् ।  

बिद्यार्थी जीवनदेखि देश प्रतिको माया र आदर्श जगाउन वक्ततृत्वकलाको आयोजना गरेको आयोजक सस्था नेपाल दशनामी समाज युवा समिती कास्कीकी अध्यक्ष सरस्वती पुरीले बताईन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल दशनामी समाज कास्कीका अध्यक्ष हिरा गिरी, विशेष अतिथि विधालयका प्रधानाध्यापक देवी प्रसाद वास्ताकोटीको उपस्थिती रहेको थियो । यस्तै वक्ततृत्वकलाको निर्णायक मण्डलमा सुस्मा पौडेल र रामकुमार अधिकारी रहेका थिए ।

आयोजक सस्थाका सचिव सन्देश गिरीले संचालन गरेको कार्यक्रममा दिपक गिरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा आयोजक सस्थाका सम्पूर्ण पदाधिकरीहरुको उपस्थिती रहेको थियो ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech