बन्द भयो गोपीकृष्ण हल

फिल्मी फण्डा । राजधानीको चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ । गोपी कृष्ण मुभिज् प्रा.लिले सञ्चालन गर्दै आएको उक्त हल आर्थिक संकटको कारण देखाउँदै बन्दको घोषणा गरिएको हो । २०५२ सालदेखि सञ्चालनमा आएको हल फागुन १ गतेदेखि बन्द हुने प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिए ।

‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठुलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न नै’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीले आजका दिनसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि आभार पनि प्रकट गरेको छ । 

press-release_gopi-krishna-movies_OXuhmnxuFZ (1).webp

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech