पोखरामा छायाँकन भईरहेको फिल्म “इश्वर” मा नायिका अनु शाह अनुबन्धित 

फिल्मी फण्डा । चलचित्र निर्देशक राजु गिरीको नयाँ फिल्म “इश्वर” मा नायिका अनु शाह अनुबन्धित भएकी छिन । पोखरामा छायाँकन भईरहेको फिल्ममा अनु शाह बुधबार अनुबन्धित भएकी हुन । 

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको मुख्य भुमिकामा अनु शाहसँगै नायक ध्रुब थापा,नायिका कृष्टि गुरुङ, सुनिल थापा,सबिन बास्तोला,नायक पृथ्वी राज प्रसाईं,ध्रुब दत्त,माओस्य गुरुङ, नायीका ममता अधिकारि,हरि बहादुर थापा,रबिन्द्र झा,बुद्धि लामा,शिशिर बाङ्देल,सबिन बास्तोला र गिता अधिकारीको अभिनय रहनेछ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

सिनेमाको सम्पूर्ण छायाँकन काठमाडौं , पोखरा,मुस्ताङ लगायतका अन्य ठाँउमा हुने छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech