‘अवतार’को छैटौं र सातौं श्रृंखला बनाउँदै जेम्स क्यामरुन

फिल्मी फण्डा। विश्वचर्चित हलिउड फिल्म निर्देशक जेम्स क्यामरुनले ‘अवतार’ फ्रेन्चाइजीमा थप फिल्म बनाउने भएका छन् । उनी अहिले ‘अवतार ३’ को पोस्ट–प्रोडक्सनमा व्यस्त छन् भने ‘अवतार ४’ को लगभग आधा छायांकन भइसकेको छ ।

पिपुल म्यागेजिनसँगको अन्तर्वार्तामा निर्देशक क्यामरुनले आफूसँग छैटौं र सातौं श्रृंखलालाई लिएर योजना रहेको बताए । उनले भने, ‘हामीले पाँच सिक्वेलसम्म पूर्णरुपमा लेखेका छौं । मसँग अझै दुईवटा श्रृंखलाको विचार छ । त्यो बिन्दुमा म सम्भवतः निर्देशकीय काम हस्तान्तरण गर्नेछु । यसको अर्थ, हामीले जे गरिरहेका छौं । त्यसको आनन्द लिइरहेका छौं । हामी महान् व्यक्तिहरुसँग काम गर्न सक्छौं ।’

डिज्नीसँग यसको थिएटर रिलिज क्यालेन्डरमा अर्को तीन अवतार फिल्म छन् । ‘अवतार ६’ मा जेम्स क्यामरुन नभएपनि फ्रेन्चाइजी जारी रहनेछ भन्ने कुरा स्पष्ट छ ।

क्यामरुनको जीवनको ठूलो हिस्सा ‘अवतार’ फिल्ममा बितेको छ । यो मुद्दाबारे उनले भने, ‘मानिसले सधैं हामीलाई सोध्छन्– त्यसो भए तपाईंले किन एउटै फिल्ममा काम गरिरहनुभयो ? किन जर्ज लुकासले एउटै काम गरिरहनुभयो ? किनभने जब तपाईं मानिससँग जोडिनुहुन्छ, त्यसलाई समय बर्बाद भन्न मिल्छ ? किन जोडिन नसक्ने काम गर्नुहुन्छ ’

कलाकारको कुरा गर्दा अभिनेत्री जोय साल्दाना ‘अवतार’का बाँकी श्रृंखलामा पनि नेयत्रीको भूमिकामा देखिनेछिन् । उनलाई आगामी सिक्वेलबारे सोध्दा उनले ‘अद्भूत’ रहेको प्रतिक्रिया दिएकी थिइन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech