दोस्रो कन्सर्टका लागि नयाँ वर्षमा नेपाल आउँदै बलिउड गायक आतिफ असलम

फिल्मी फण्डा । बलिउडका चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर आगामी चैत्र ३० गते होटल हायात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रम ‘आतिफ असलम लाइभ इन नेपाल’मा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् । 

एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले असलमलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेको हो । असलम चैत २९ गते नेपाल आइपुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

केही दिन नेपाल बस्ने  असलमले नेपाल भ्रमणको समय केही पर्यटकीय स्थलको समेत अवलोकन गर्नेछन् । असलमको नेपालमा यो दोस्रो कन्सर्ट हुनेछ । यसअघि उनी सन् २०१२ मा पनि दशरथ रंगशालामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech