विपिन र मिरुनाको ‘उनको स्विटर’मा यस्तो छ लुक्स 

फिल्मी फण्डा । फिल्म ‘उनको स्विटर’को फस्टलुक सार्वजनिक भएको  छ । फिल्मको फस्टलुकमा नायक विपिन कार्की र नायिका मिरुना मगरलाई फिचरिङ गरिएको छ ।

 यो फिल्ममा नविन चौहानको निर्देशन रहेको छ ।  ‘उनको स्विटर’बाट नवीनले फिल्म निर्देशनमा डेब्यू गर्न लागेका हुन् । 

यो फिल्मको लागि कलाकारहरूको लुक्स टेस्ट गरिएको हो । भारतबाट मेकअप आर्टिस्ट बोलाएर लुक्स टेस्ट गरिएको वुझिएको छ । 

फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्मको फस्टलुकमा विपिन आकर्षक स्विटर  लगाएर उभिएका छन् भने मिरुनाको गाउँले भेष देख्न सकिन्छ । 

यो फिल्मको एउटा प्रेममय गीत भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गर्ने तयारी समेत निर्माणपक्षले गरेको छ ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech