फिल्मी फण्डा । चलचित्र निर्देशक राजु गिरीको नयाँ फिल्म “इश्वर” को छायाँकन सुरु भएको छ । सोमबार साँझ विन्ध्यवासिनमी मन्दिरमा इश्वरको छायाँकन शुरु भएको हो ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले फिल्मको छायाँकनमा सहभागी जनाउँदै सिनेमा मार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै निर्देशक राजु गिरीले इश्वरको कथा आफ्नोपनको कथा भएको उल्लेख गरे । कमेडी, लबस्टोरी र एक्शनमा सिनेमा बन्ने उनले जानकारी गराए । सिनेमाको सम्पूर्ण छायाँकन काठमाडौं , पोखरा,मुस्ताङ लगायतका अन्य ठाँउमा हुने छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको मुख्य भुमिकामा कलाकार नायक ध्रुब बहादुर थापाक्षेत्री,नायिका कृष्टि गुरुङ, सुनिल थापा,सबिन बास्तोला,नायक पृथ्वी राज प्रसाईं,ध्रुब दत्त,माओस्य गुरुङ, नायीका ममता अधिकारि,हरि बहादुर थापा,रबिन्द्र झा,बुद्धि लामा,शिशिर बाङ्देल,सबिन बास्तोला र गिता अधिकारीको अभिनय रहनेछ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
