साम्राज्ञी र आर्यनलाई मुख्य भुमिकामा लिएर फिल्म ‘रुमानी’ निर्माणको घोषणा

फिल्मी फण्डा । फिल्म ‘रुमानी’ निर्माणको घोषणा गरिएको छ । मुख्य भुमिकामा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर फिल्मको घोषणा गरिएको हो । 

ग्लोबल मिडिया रिसर्च सेन्टर प्रालिको ब्यानरमा तयार हुने यो फिल्म निर्माणमा आविष्कार बहुसन्चार प्रा.लिले सहकार्य गरेको छ । 

जीएम ठकुरीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन अधिकारीको जोडी फाइनल भएको छ ।

यो फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । 

फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता, सुशील थापा, श्रृजना बस्नेत, सन्तोष सरु र विजय अधिकारी सह–निर्माताको रुपमा छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech