फिल्मी फण्डा । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल फिल्म ‘सिटामोल’ मा एकसाथ देखिन भएका छन् । यी दुवैजना फिल्ममा गाउँले गेटअपमा देखिने भएका हुन ।
फिल्मका निर्देशक राजबहादुर साने हुन् । फिल्मको सिन्धुली क्षेत्रमा छायाँकन भैरहेको छ । फिल्मको सेटबाट सौगात र बेनिशाको एक तस्बिर बाहिर आएको छ । जसमा दुबै कलाकार गाउँले गेटअपमा देखिएका छन् । शिरमा ढाकाटोपी र स्टकोट लगाएका सौगातले एउटा हातमा कुखुराको भाले बोकेका छन् भने अर्को हातले बैसाखी टेकेका छन् ।
सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा निर्माण भैरहेको फिल्म नयाँ वर्षको तीजमा रिलिज गर्ने निर्माण टिमको योजना छ । दिव्य सुवेदीले छायाँकन गरिरहेको फिल्ममा लोकेन्द्र लेखकको पनि मुख्य भूमिका छ ।