इण्डियन आइडलमा टुँगियो मेनुका पौडेलको यात्रा,भनिन– यात्रा सुरु भयो 

फिल्मी फण्डा । मेनुका पौडेलको  ‘इण्डियन आइडल’मा यात्रा टुँगिएको छ । भारतीय टेलिभिजन रियालिटी शो  ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट पनि आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले भनेकी छन्– ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । मेनुकालाई आँखा देख्न सहज बनाउन चिकित्सकहरुले ‘एआई भिजन चस्मा’ उपलव्ध गराएका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech