फिल्मी फण्डा । नेपाली टेलिश्रृंखलाका चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ एक महिना लामो बसाइका लागि आइतबार अष्ट्रेलिया उडेका छन् । ‘हल्का रमाइलो’ फेम्ड पुजन घिमिरे ‘पुकु’लाई लिएर सिड्नी उडेका हुन् ।
अष्ट्रेलिया बसाइमा उनले ‘हल्का रमाइलो’को केही एपिसोड र एक नयाँ सिरिज सुटिङ गर्ने, आफैंले गाएको एक म्युजिक भिडियो पनि खिच्ने र कार्यक्रममा सहभागी हुने उनको योजना छ ।
अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी आउँदा–जाँदादेखि त्यहाँ अध्ययन र कामका लागि गर्ने संघर्ष र जीवनशैलीलाई उनले एक घण्टाको नयाँ सिरिजमा समावेश गर्ने भएका छन् ।
बल्छी धुर्वे र पुकु केही साताअघि उनीहरु कतारमा कार्यक्रम गरेर फर्किएका थिए ।