प्रेमिका श्रेयानीसँग लगनगाँठो कसे अभिनेता गौरव पहारीले 

फिल्मी फण्डा। अभिनेता गौरव पहारीले प्रेमिका श्रेयानी खतिवडासँग विवाह गरेका छन् । जोरपाटीस्थित नर्लिङ रिसोर्टमा परिवार र आफन्तको सीमित उपस्थितिमा आइतबार यी दुईले लगनगाँठो कसेका हुन् ।
 
गत असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । उनीहरुको विवाह समारोहमा पूर्वमिस नेपाल श्रृंखला खतिवडा, कलाकारहरु सुनिल थापा, विल्सनविक्रम राईलगायत उपस्थित थिए ।
 
श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन् । यी दुई जना तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech