दोस्रो सन्तानलाई जन्म दिँदै अनुष्का, विराटले दुई टेस्ट खेल छाडने

फिल्मी फण्डा । बलिउड अभिनेत्री अनुष्का शर्माले दोस्रो सन्तानलाई जन्म दिने भएकी छिन । दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले शनिबार आफ्नो लाइभ कुराकानीमा अनुष्का दोस्रो सन्तानकी आमा बन्न लागेको बताएका हुन् ।

शनिबार भारत र इङ्ल्यान्डबीच भएको ५ म्याचको श्रृंखलाबारे बुझ्न आफूले विराट कोहलीलाई फोन गरेको डिभिलियर्सले जनाए । सो क्रममा उनले कोहली ठीकठाक रहेको, परिवारसँग समय बिताउँदै बसेको तथा कोहली दम्पती दोस्रो सन्तानको पर्खाइमा रहेको बताएका थिए ।

प्रशंसकलाई उनले यस्तो बताएपछि यो खबर अहिले भाइरल बनिरहेको छ ।


एबी डिभिलियर्सले परिवारलाई प्राथमिकतामा राख्ने विराट कोहलीको कदमको प्रशंसा गरे । विराट कोहलीले व्यक्तिगत कारण देखाउँदै इंग्ल्यान्डविरुद्धको शृंखलाको पहिलो दुई टेस्टबाट पछि हटेका छन् र बीसीसीआईले एक विज्ञप्तिमा फ्यान र मिडियालाई कोहलीको निर्णयको कारणको बारेमा अनुमान नगर्न आग्रह गरेको छ ।

विराट र अनुष्काले सन् २०१७ मा विवाह गरेका थिए । स्टार दम्पतीले यसै वर्ष जनवरीमा छोरी वामिकाको तेस्रो जन्मदिन मनाएका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech