फिल्मी फण्डा । नायक दयाहाङ राईले आफूलाई आएका थुप्रै फिल्मको अफरहरूलाई अस्विकार गरेको बताएका छन् ।
अहिलेसम्म कति फिल्म छाड्नुभयो होला भन्ने पत्रकारको प्रश्नमा दयाले भने–‘सत्य कुरा भन्ने हो भने मैले अफर आएकामध्ये ८० देखि ९० प्रतिशत फिल्म छाडेको छु ।’
माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को विषयमा कुराकानी गर्ने क्रममा दयाले आफूले धेरै फिल्म गरेको स्विकार पनि गरेका छन् । तर, यसो भन्दै गर्दा उनले काम गर्ने तरिका बदलेको पनि बताए ।
दयाले नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन आवश्यक रहेको पनि बताए । दयाले अबको एक बर्ष नयाँ फिल्म साइन नगर्ने घोषणा बिहिबार गरेका थिए । उनले, आफ्नो हातमा करिब दुई दर्जन फिल्म रहेको बताउँदै अब नयाँ फिल्म एक बर्ष साइन नगरेको बताएका थिए ।