फिल्मी फण्डा । निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म घोषणा गरेका छन् । उनले बाउन लागेको नयाँ फिल्मको नाम ‘द्रोपदी’ हो । फिल्मको अहिले लेखन तथा कलाकार सेलेक्सन भइरहेको छ ।
फिल्मका लागि कलाकार छनौट गर्न उनले यही माघ २० गते अडिसन राखेका छन् । मुख्य अभिनेता अभिनेत्रीसहित १० जना कलाकारका लागि अडिसन हुन लागेको हो । फिल्मको कथा र चरित्रअनुसार अडिसनबाट कलाकार छनोट गर्न लागिएको हो ।
शीर्षकले फिल्म ‘महाभारत’को द्रौपदी पात्रसँग मिले पनि देशको यथार्थपरक कथामा फिल्म बन्न लागेको हो। कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा छायाङ्कन गर्न लागिएको फिल्म महिला प्रधान हुने जनाइएको छ ।
आरबी मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशक आचार्य स्वयंको पटकथा लेखन छ ।