प्रमोद खरेलको ‘मनमा पर्‍यो चोट’ मा एलपी शर्मा र उषा उप्रेती(भिडियोसहित)

फिल्मी फण्डा । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ । भिडियोको निर्देशक गौरव गिरी हुन् ।

भिडियोमा एलपी शर्मा र उषा उप्रेती प्रेम जोडीको रूपमा देखिएका छन् भने दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्काको पनि अभिनय छ ।

गौरव गिरी र एलपी शर्माको शब्द, रोहित देउवाको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ । वसन्त कुँवरले छायाङ्कन रहेको भिडियो कालिन्चोक आसपासका रमणीय स्थानमा छायाङ्कन भएको हो ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech