फिल्मी फण्डा । नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’को छायांकन पोखराको कास्कीकोटबाट सुरु भएको छ ।
दिनेश राउतले निर्देशन गर्ने यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । शुभसाइत पूजापछि फिल्मको छायांकन सुरु भएको थियो । फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् ।
त्यस्तै मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।
राउतले यसअघि ‘प्रसाद’, ‘क्लासिक’, ’नोभेम्बर रेन’, ’प्रकाश’ लगायतका फिल्म निर्देशन गरेका छन् । संगीतकार समेत रहेका सुवास भुषाल यसका निर्माता हुन् ।