मोडल अनुप बोहरा अभिनित म्युजिक भिडियो भैगो अब मनि रुन्न सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा ।  मोडल अनुप बोहरा अभिनित नयाँ म्युजिक भिडियो भैगो अब मनि रुन्न सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो एस् आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो। 

चर्चित गायिका सिम्रन परिवारको स्वर रहेको उक्त गीतमा अलोन रेसमको शब्द संयोजन रहेको छ भने बिशाल निरौलाको संगीत, एरेन्ज रहेको छ। 

भिडियोमा मोडल  अनुप बोहरा, आशा पौडेल, रितु बस्नेत र राज सर्गमको अभिनय देख्न सकिन्छ।  राहुल बराईलीको निर्देशन रहेको भिडियोको छायाङ्कन मुकेश हुमगाईले गरेका छन् । 

भक्तपुरको गुन्डुमा छायाङ्कन गरिएको भिडियोको सम्पादन बिनोद बमले गरेका हुन् ।

https://youtu.be/9knyERaea8s?si=t4_0VJj6Hk8ucbkB

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech