‘युनिभर्सिटी अफ गुण्डाज्’बाट सलिनलाई कमब्याक गराउँदै सलोन 

फिल्मी फण्डा । अभिनेता सलोन बस्नेतले फिल्म निर्माण गर्ने भएका छन् । सलोन–सलिना फिल्म्सको ब्यानरमा एक्सन फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’ निर्माण हुने भएको छ ।

 यो फिल्मको शीर्ष भूमिकामा आफू र सलिनमान बनियाँले अभिनय गर्ने बताइएको छ । २०७५ सालमा रिलिज भएको फिल्म ‘यात्रा’पछि सलिनले यही फिल्मबाट कमब्याक गर्दैछन् ।

सलोन र सलिन मिल्ने साथी पनि हुन् । निर्देशक र अभिनेत्री तय हुन बाँकी रहेको फिल्मको २०८१ सालभित्रै  निर्माण र प्रदर्शन गर्ने तयारी रहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech