दयाहाङको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन अभिनित फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । माओत्से गुरुङको डेब्यू निर्देशन रहेको फिल्म माघ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ । 

झण्डै २ मिनेट ३५ सेकेण्डको ट्रेलरमा दयाहाङ बाबु बन्न नसक्दा उनकी श्रीमती र परिवारमा उत्पन्न परिस्थिति प्रस्तुत गरिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech