धरानका मेयर हर्क साम्पाङले ‘खजुरे ब्रो’ मार्फत गरे फिल्म अभिनयमा डेब्यु 

फिल्मी फण्डा । धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । शनिबार बेलुका धरानमा छायांकन भैरहेको फिल्म ‘खजुरे ब्रो’मार्फत उनले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका हुन ।  साम्पाङको एक मिनेट लामो दृश्य छायांकन गरिएको छ ।

फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ । फिल्ममा उनलाई मेयरकै भूमिकामा देख्न सकिन्छ ।  धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुगेका थिए ।

यो कमेडीलाई फिल्मलाई ‘षडङ्ग’ फेम्ड सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । धरानकै वास्तविक पात्रको कथावस्तुमा फिल्म बन्न लागेको हो ।

यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले पनि डेब्यु गर्दैछिन् । नीतिले छायांकन सेटबाट मेयर साम्पाङसँगका तस्वीर सेयर गरेकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech