बक्स अफिसमा ऋतिक रोशन र दीपिकाको फाइटरले गर्यो शानदार ओपनिङ

फिल्मी फण्डा । ऋतिक रोशन र दीपिका पादुकोणको फाइटरले शुक्रवार शानदार ओपनिङ गरेको छ । अनिल कपुर र करण सिंह ग्रोवरको समेत मुख्य भूमिका रहेको फिल्मको कहानी पाकिस्तानको आतंकवादी समूहमाथि गरिएको हवाई आक्रमण आसपास घुमेको छ । 

पहिलो दिन फिल्मको नेट कलेक्सन २२ करोड भारु छ । फिल्मको वर्ल्डवाइड कलेक्सन यो भन्दा राम्रो हुने आशा गरिएको छ । फाइटरले ओपनिङ डेका लागि २ लाख ७९ हजार ३६७ ओटा टिकट बेचेको थियो । यसबाट करिब ८ करोड ४० लाख भारु एड्भान्स कलेक्सन भएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech