फिल्मी फण्डा । ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले फिल्ममा कमब्याक गर्ने भएकी छन् । शङ्कर कोइरालाको निर्देशन रहने फिल्म 'मोदिबेनी'बाट उनले फिल्ममा कमब्याक गर्न लागेकी हुन् ।
यस फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । केसीको उप्रेतीसँग जोडी हुनेछ ।
अभिनेता सरोज खनालको समेत मुख्य भूमिका रहने फिल्ममा अमर, सरोज, रेजिनाको अलवा केकी अधिकारी, दिलीप रायमाझी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्म आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहेको फिल्मको कथा पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको हो । जसको छायाङ्कन माघ १६ गतेदेखि सुरु हुनेछ ।