फिल्मी फण्डा । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को टिजर बुधबार सार्वजनिक भएको छ । यस एक्सन फिल्ममा अक्षय र टाइगर पहिलो पटकसँगै देखिएका छन् । अली अब्बास जफरले यसलाई बनाएका हुन्।
अक्षय र टाइगर बाहेक साउथ सुपरस्टार पृथ्वीराज सुकुमारन ‘बडे मियाँ छोटे मियाँ’ मा खलनायकको भूमिकामा देखिनेछन् । उनीहरुका अलावा सोनाक्षी सिन्हा, अलाया एफ, मानुषी छिल्लर र रोनित रोयको पनि महत्वपूर्ण भूमिका रहनेछ । यो अप्रिल २०२४ मा ईदको अवसरमा मा रिलीज हुनेछ।