फिल्मी फण्डा । अन्तरराष्ट्रिय सञ्चार माध्यममा छापिएका खबरहरुका अनुसार प्रियङ्का चोपडाले हलिउड फिल्म साइन गरेकी छिन् । यो फिल्म १८०० को दशकको पिरियड ड्रामा हो । यो फिल्मको नाम ‘द ब्लफ’ रहेको छ ।
फिल्मको निर्माण द रुसो ब्रदर्सले गर्नेछन् । फिल्मको छायांकन जुनबाट सुरु हुने बताइएको छ । अहिलेसम्म प्रियंका र निर्माण पक्षले यसबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् ।
प्रियंका चोपडाको कामको कुरा गर्नु पर्दा उनीसँग अहिले दुई वटा हलिउड प्रोजेक्ट छन् । जसमध्ये एउटा ‘सिटाडेल २’ र अर्को ‘हेड्स अफ स्टेट’ हो । यसबाहेक अभिनेत्रीको हातमा बलिउड फिल्म ‘जी ले जरा’ पनि छ ।
यस फिल्ममा प्रियंका आलिया भट्ट र कट्रिना कैफसँगै देखिनेछिन् । यो फिल्मलाई रीमा कागतीले निर्माण गरेकी हुन् । यस फिल्मलाई निर्माता तथा अभिनेता फरहान अख्तरले निर्देशन गरिरहेका छन् ।