दयाहाङ राई, सौगात मल्लदेखि बुद्धि , विजय र विल्सन विक्रम राईसम्म रहेको फिल्म ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा ।  फिल्म ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक भएको छ । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई देखाइएको छ । 

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा बनेको फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् । पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

https://youtu.be/t1KLUaCrJrg?si=UKqYfrGA-l3HhchY

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech