गायिका उमा श्रेष्ठको ‘के भुल गरें थिएँ र मैंले’ बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

फिल्मी फण्डा । गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ।  उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक ‘के भुल गरें थिएँ र मैंले’ बोलको गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ।

कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन्। भिडियोमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन्। बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन्।

 भिडियो गायिका उमा श्रेष्ठको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech