फिल्मी फण्डा । धनुषको फिल्म ‘क्याप्टेन मिलर’को कथा चोरेको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्ममाथि तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले यस्तो आरोप लगाएका हुन् ।
आफ्नो तमिल उपन्यास र कविताका लागि परिचित वेलाले क्याप्टेन मिलर उनको उपन्यास पट्टाथु यानाई को प्रतिलिपि भएको दाबी गरेका छन्। उनले विना अनुमति उपन्यासलाई मिलाएर फिल्म बनाएकोमा निर्माताको आलोचना गरेका छन् ।
एउटा तमिल पत्रिकासँग कुरा गर्दै वेलाले भनिन्, ‘यो फिल्मको कथा मेरो उपन्यास ‘पट्टाथु यानाई’ मा आधारित छ । म यो चोरीको न्याय चाहन्छु। तमिल फिल्म इन्डस्ट्रीमा इमान्दारिता छैन । म यो मुद्दा तमिल सिनेमा निर्देशक संघमा लैजानेछु। मलाई आशा छ कि फिल्म निर्माता भरतिराज सरले मलाई न्याय दिनुहुनेछ।’
सो अवसरमा भेलाले यो मुद्दा उठाएर आफूलाई न त प्रसिद्ध बन्न मन छ न पैसा कमाउन मन लागेको बताए । जनवरी १२ मा हलमा रिलिज भएको धनुषको ‘क्याप्टेन मिलर’ ले आइतबार १ करोडको व्यापार गरेको छ ।