फिल्मी फण्डा । रितिक रोशन र दीपिका पादुकोणको फिल्म फाइटर जनवरी २५ मा फिल्म हलहरुमा रिलिज हुँदैछ । शनिबारदेखि फिल्मको एड्भान्स बुकिङ सुरु गरिएको थियो ।
इन्डष्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार पहिलो दिन फिल्मको ६० हजार टिकट बिक्री भएको छ । यसबाट करीब २ करोड भारु कलेक्सन भएको बताइएको छ । खबरका अनुसार एड्भान्स बूकिङको पहिलो दिनमा ६ हजार ४२६ वटा शोका लागि ५९ हजार ३३६ वटा टिकट विक्री भएको छ । यसबाट १ करोड ९५ लाख भारु उठेको बताइएको छ ।