आजबाट दुई चलचित्र ‘जम्प’ र ‘दुई कदम’ भिडदै, कसले मार्ला बाजी ?

फिल्मी फण्डा ।  आज शुक्रबारबाट नेपाली नयाँ दुई चलचित्र प्रदर्शनमा आएका छन् । आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ र उदय सुब्बा निर्देशित ‘दुई कदम’ प्रदर्शनमा आएका हुन् ।

चलचित्र ‘जम्प’मा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय रहेको छ । साइको थ्रिलर फिल्म ‘जम्प’ को कथा निर्देशक कार्कीले नै लेखेका हुन्। 

‘दुई कदम’ मा भने मुख्य अभिनेता तथा अभिनेत्री नयाँ छन् । जसमा इओन लिम्बु र सिमोन गिरीको लभ स्टोरीलाई मुख्य रुपमा देखाइएको छ । चलचित्रमा इओन र सिमोनको साथमा सुनील थापा, गौरव पहारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।​​​​


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech