फिल्मी फण्डा । नायक पल शाह,प्रदिप खडका र आर्यन सिग्देल एउटै फिल्ममा देखिँने भएका छन । उनीहरु दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ मा देखिन लागेका हुन।
फिल्ममा प्रदिप खड्का र आर्यन सिग्देलले पहिलोपटक यो चलचित्रमा सहकार्य गर्ने केहि दिन अगाडी पक्का भएको थियो। जसकारण नेपाली चलचित्र क्षेत्रमा हलचल ल्याएको थियो । यहि बिचमा चलचित्रमा अर्का नायक पल शाहको प्रवेश भएको हो ।
पलले भर्खरै ‘मायावी’ चलचित्रको सुटिङ्ग सम्पन्न गरेका छन्। यो बिचमा पलले दिनेशको चलचित्र साइन गरेका हुन्। माघ महिनाको पहिलो हप्ताबाट चलचित्रको सुटिङ्ग हुदैछ। सुबास भुषालले चलचित्रको निर्माण गर्दैछन्।
छायांकनमा जान पूर्वनै फिल्म ‘पुजार सार्की’ को चर्चा आकाशिएको छ । फिल्मको चर्चा किन पनि चुलिएको छ भने नेपालका चर्चित नायकहरु यो फिल्ममा सँगै काम गर्दैछन ।