फिल्मी फण्डा । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’को एउटा भागको छायांकन मुम्बईमा सुरु भएको छ । तर फिल्मका मुख्य कलाकारको छायांकन चैतबाट सुरु हुनेछ । यस फिल्मका लागि हलिउडको ओस्कार विजेता प्राविधिक टोलीसँग सहकार्य गरिएको छ ।
स्रोतका अनुसार ‘रामायण’को सुटिङ २० दिनदेखि चलिरहेको छ । अझै डेढ महिना चल्नेछ । तर मुख्य कलाकारले चाहिं अंग्रेजी नयाँ वर्षदेखि छायांकन थाल्नेछन् । रणवीरसहित साई पल्लवी र ‘केजीएफ’ अभिनेता यशले मार्चदेखि छायांकन थाल्ने जनाइएको छ ।
जसरी हलिउडको ‘अवतार’को छायांकन प्रारम्भिक चरणमा गरिएको थियो । त्यसैगरी अहिले ‘रामायण’ भइरहेको छ । फिल्ममा मुख्य कलाकारसँगै धेरै सहायक कलाकार छन् । अहिले ती सहायक कलाकारको सुटिङ भइरहेको छ । पछि भीएफएक्सको समयमा स्पेसल इफेक्टको सहायताले ती दृश्यलाई रामायण युगका सिपाही र राजा तथा सम्राटको पोशाकमा परिवर्तन गरिनेछ ।
फिल्ममा सीताको भूमिकामा साउथकी चर्चित अभिनेत्री साई पल्लवीलाई कास्ट गरिएको छ । यद्यपि निर्माताले यसअघि आलिया भट्टलाई सीताको भूमिका अफर गरेका थिए । तर नयाँ वर्षमा आलिया भट्टले सञ्जय लीला भन्सालीको ‘बैजु बावरा’मा काम गर्दैछिन् ।
यस्तो अवस्थामा निर्माताले साउथबाटै अभिनेत्रीलाई कास्ट गर्नुपरेको थियो । रावणको लागि यश र हनुमानका लागि लागि सनी देओललाई कास्ट गरिएको छ ।
‘ड्युन’ लगायतका हलिउड फिल्ममा काम गरेको प्राविधिक टोलीले ‘रामायण’मा काम गर्नेछन् । ऐतिहासिक र पौराणिक विधाका फिल्ममा नक्कली छायांकनको प्रक्रिया आत्मसात गरिन्छ । यसमा कलाकारलाई वास्तविक सुटिङमा जानुअघि विशेष सूटमा मोसन कैद गरिन्छ ।
अहिले निर्माता नमित मल्होत्राको प्राविधिक टोलीले यो फिल्मको छायांकन गरिरहेको छ । आफूले तयार पारेको काम हेरेपछि निर्देशक नितिश तिवारी नयाँ वर्षमा छायांकनमा जोडिने उनको भनाइ छ ।