फिल्मी फण्डा । दक्षिण भारतीय अभिनेता नागार्जुनका कान्छा छोराले पनि इन्गेजमेन्ट गरेका छन् । अभिनेताको जेठो छोरा अभिनेता नागा चैतन्यको बिहेको चर्चा चलिरहेकै समयमा उनको कान्छो छोरा अखिल अक्किनेनीले पनि आफ्नी प्रेमिका जैनब रवाद्जसँग इन्गेजमेन्ट गरेका हुन् ।
यो खबर अखिल आफैले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् । आफू र जैनबका केही सुन्दर तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘मैले आफ्नो सच्चा साथी फेला पारे’ ।
अखिलले शेयर गरेको तस्बिरमा दुवैले अफ ह्वाइट पहिरन लगाएका छन् । पहिलो तस्बिरमा जोडीले एकअर्काको हात समातेको देखिन्छ भने बाँकी तस्बिरमा उनीहरूले रोमान्टिक पोज दिइरहेका छन् । सामाजिक सञ्जालमा यी तस्बिरहरूमाथि फ्यानहरूले माया बर्साइरहेका छन् ।